एकदिनमै ५ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप: कर्जा प्रवाह पनि बढ्दै, सीडि रेसियो कति ? « Arthapath.com
२६ मंसिर २०७९, सोमबार

एकदिनमै ५ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप: कर्जा प्रवाह पनि बढ्दै, सीडि रेसियो कति ?



काठमाडौं । बैंकिङ्ग प्रणालीमा निक्षेप बढ्न थालेको छ । वाणिज्य बैंकमा निक्षेप एक दिनमै ५ अर्ब रुपैयाँले वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत मंसिर २३ निक्षेप बढेर ४५ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो दिन अर्थात मंसिर २२ गते बिहीबार भने बैंकहरुमा ४५ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो ।

अवधिमा बैंकहरुको कर्जा प्रवाह भने सामान्य वृद्धि भएको छ । गत बिहीबारको तुलनामा शुक्रबार भने १ अर्ब वृद्धि भई ४२ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । मंसिर २२ गते भने बैंकहरुको कर्जा प्रवाह ४२ करोड १४ अर्ब रुपैयाँ रहेको थियो ।

सो अवधिमा कर्जा निक्षेप अनुपात(सीडि) रेसियो पनि झिनो घटको छ । गत बिहीबार ८६.४१ प्रतिशत रहेकोमा शुक्रबार भने ८६.३२ प्रतिशत कायम भएको थियो ।

राष्ट्र बैंकका अनुसार सो अवधिमा बैंक तथा वित्तीयहरुको निक्षेप पनि ६ अर्ब रुपैयाँ वृद्धि भई ५२ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । यो गत बिहीबारदेखि शुक्रबार एकदिनको तथ्याङ्क हो । गत शुक्रबार भने बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५२ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्