एक कम्पनीको लाभांश सुरक्षित गर्ने मिति नजिकियो, कति हो बोनस र नगद ? « Arthapath.com
१ पुष २०७९, शुक्रबार

एक कम्पनीको लाभांश सुरक्षित गर्ने मिति नजिकियो, कति हो बोनस र नगद ?



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने सोमबार (मंसिर ४ गते) अन्तिम मौका रहेको छ । कम्पनीले लाभांश प्रयोजनका लागि मंसिर ४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ पुष ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट हालको चुक्ता पुँजी ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारण सभा बोलाउने निर्णय गरेको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट पनि स्वीकृत भएको बैंकले जनाएको छ । अब प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्