सानिमा बैंकका सीईओको तलब भत्ता २ करोड १४ लाख, अन्य पदाधिकारीको कति ? « Arthapath.com
३ पुष २०७९, आईतवार

सानिमा बैंकका सीईओको तलब भत्ता २ करोड १४ लाख, अन्य पदाधिकारीको कति ?



काठमाडौं । सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड बढी तलब भत्ता दिएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा सीईओलाई पारिश्रमिक, भत्ता लगायतको सुविधा वापत २ करोड १४ लाख ६ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

समीक्षा वर्षमा २०७८ माघ ११ गतेसम्म बैंकको सीईओ भुवन कुमार दाहल र २०७८ माघ १२ गतेदेखि भने निश्चल राज पाण्डे कार्यरत रहँदै आएका छन् ।

सो अवधिमा अन्य पदाधिकारीहरुलाई भने बैंकले ४ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ । बैंकले गत आवमा संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता वापत १३ हजार रुपैयाँका दरले र संचालकलाई प्रति बैठक भत्ता १२ हजार उपलब्ध गराएको छ ।

सो बाहेक अध्यक्ष तथा संचालकहरुलाई पत्र पत्रिका, टेलिफोन, इन्टरनेट आदिका सेवाका लागि प्रतिसदस्य मासिक १२ हजार रुपैयाँ गराउने भएको छ । यस बाहेक अन्य कुनै सुविधा प्रदान नगरेको बैंकले जनाएकोछ ।

संचालक समितिका सदस्यहलाई गत आवमा बैठक भत्ता बापत ३५ कलाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको बैंकले जनाएकोछ । सो भत्ता तथा सुविधाहरुमा प्रचलित कानून बमोजिम करकट्टी गरेर मात्र भुक्तानी गरिएको बैंकको भनाई छ ।

गत आवमा बैंकको व्यवस्थापन खर्च २ अर्ब ५२ करोड रु७ लाख ४६ हजार मध्ये कर्मचारी तलब, भत्ता तथा अन्य सुविधा बापत (कर्मचारी बोनस व्यवस्था समेत) १ अर्ब ५४ करोड ९४ लाख ९ हजार र अन्य संचालक खर्च ९७ करोड १३ लाख ३६ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्