एनएमबि बैंकको शेयरमा आवेदन दिने आज अन्तिम मौंका « Arthapath.com
४ पुष २०७९, सोमबार

एनएमबि बैंकको शेयरमा आवेदन दिने आज अन्तिम मौंका



काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा आवेदन दिने आज (पुष ४ गते) अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको ४४ लाख ७६१ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

उक्त शेयरको न्यूनमत मूल्य १८० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जोकोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी आज बैंकिङ समय भित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

यसमा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले प्यान नम्बर पनि फारममा उल्लेख गर्नु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्