तपाईको खातामा आयो १४.९५ प्रतिशत लाभांश ? छैन् भने यसो गर्नुहोस् « Arthapath.com
४ पुष २०७९, सोमबार

तपाईको खातामा आयो १४.९५ प्रतिशत लाभांश ? छैन् भने यसो गर्नुहोस्



काठमाडौं । बैंक अफ काठमाण्डूले शेयरधनीको खातामा लाभांश पठाउन सुरु गरेको छ । बैंकले आफ्ना शेयरधनीको खातामा नगद लाभांश पठाउन सुरु गरेको हो ।

बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई साधारण सभा सम्पन्न भएको दिन मंसिर २३ गतेदेखि नै १४.९५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गर्न सुरु गरेको हो ।

साथै, खतामा नगद लाभांश नआएका शेयरधनीहरुले भने डिम्याट खाता र बैंक खाता अध्यावधिक गर्ने बैंकले आग्रह गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८।०७९को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्