हिमालयन बैंकद्धारा लाभांश घोषणा, बोनस भन्दा नगद धेरै « Arthapath.com
५ पुष २०७९, मंगलवार

हिमालयन बैंकद्धारा लाभांश घोषणा, बोनस भन्दा नगद धेरै



काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्