नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी « Arthapath.com
६ पुष २०७९, बुधबार

नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी



काठमाडौं । नबिल बैंक लिमिटेडले बचत खाता घातक रोग बीमालाई निरन्तरता दिएकोछ । बैंकले उक्त बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६ करोड २९ लाख रुपैंया दाबी भुक्तानी गरेको हो ।

हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधकि जीवन बीमा सुवधिा योजना अन्तर्गत बीमा गरेका मध्ये ३३८ जनाको दाबी भुक्तानी भएको बैंकले जनाएको छ । मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरु गरेको यस योजना अन्तर्गत बैंकले पछिल्लो चार वर्षमा १६ करोड ७ लाख रुपैयाँ रकम बराबरको प्रिमियम भुक्तान गरेको छ ।

नबिल बैंकका अनुसार मुद्दतिबाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा अवधिक जीवन बीमा हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्