हिमालयन र सिभिल बैंकको स्वाप रेसियो घट्यो, एकीकृत कारोबारको साइत कहिले जुर्यो ? « Arthapath.com
६ पुष २०७९, बुधबार

हिमालयन र सिभिल बैंकको स्वाप रेसियो घट्यो, एकीकृत कारोबारको साइत कहिले जुर्यो ?



काठमाडौं । एक आपसमा मर्जरमा जानका लागि सम्झौता गरेका हिमालयन बैंक र सिभिल बैंकको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) घटेको छ ।

गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्राम्भिक सम्झौता गरेको थियो । सो सम्झौतामा हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियो घटेको हो ।

उच्च स्रोतका अनुसार अब हिमालयन बैंकले सिभिल १००ः८०.२८ स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हो । स्रोतले भन्यो, -‘हिमालयनले सिभिललाई प्राप्ति गर्न प्रारम्भिक सम्झातामा भएको स्वाप रेसियो परिवर्तन भएको छ, अब १००ः८०.२८ कायम भएको छ ।’

यी दुवै बैंकको एकीकृत कारोबार भने पुस मसान्तभित्र नहुने भएको हो । प्राविधिक कारण लगायतले पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने नसक्ने स्रोतले बतायो । राष्ट्र बैंकले तोकेको समयभित्र एकीकृत कारोबार गर्न सम्भव नभएको तर, माघ मसान्तसम्म सुभारम्भ गर्दा पनि मर्जरको सुविधा पाउनका लागि राष्ट्र बैंकलाई अुनरोध गर्ने भएको बताइएको छ । पुसमसान्तभित्र एकीकृत कारोबार गर्न नसकेता पनि राष्ट्र प्रदान गर्ने सुविधा प्राप्तिका लागि भने राष्ट्र बैंकलाई अनुरोध गरेको स्रोतले बताएको छ ।

तर, यी दुवै बैंकले आगामी माघ १८ गतेभित्र एकीकृतक कारोबार थालनी गर्ने स्रोतको भनाई छ । बैंकले एकीकृत कारोबारका लागि आवश्यक काम अघि बढाएको र पुस भित्र सुरुवात गर्ने बताइएको छ । राष्ट्र बैंकले तोकेको नीति बमोजिम नै पुस मसान्तभित्र मर्जर प्रस्ताव पारित गर्न साधारण सभा बोलाएकाले पनि मर्जर सुविधा पाउनेमा दुवै बैंक विश्वस्त देखिएका छन् । यी दुवै बैंकले आउँदो पुस २८ गते साधारण बोलाएका छन् ।

राष्ट्र बैंकले पुस मसान्तभित्र मर्ज हुँदा धेरै सुविधा पाउने जनाएको थियो । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जरमा जाने बैंकहरुलाई निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेडदर) मा छुट र कुलिङ पिरियड खारेजसम्मको व्यवस्था गरेको छ । वाणिज्य बैंकहरुले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप, एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट, वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट दिने केन्द्रीय बैंकबाट तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप गरिने व्यवस्था गरेको छ ।

हिमालयन बैंकले सिभिल बैंकले प्राप्ति गर्न गत असार २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बैंकको नाम हिमालयन नै रहने र सञ्चालक समितिमा पनि अहिलेको हिमालयन बैंकको नै रहनेछ । सीईओमा हिमालयन बैंकको अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकको सुनिल कुमार पोख्रेल रहने सहमति भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्