ब्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टि कायम राख्दैं अगाडि बढ्छौं: अध्यक्ष पाँडे « Arthapath.com
७ पुष २०७९, बिहीबार

ब्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टि कायम राख्दैं अगाडि बढ्छौं: अध्यक्ष पाँडे



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले विगतका सफलताहरुलाई आर्थिक वर्ष २०७८।०७९ मा पनि बैंकले निरन्तरता दिई ब्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई कायम राख्ने बताएका छन । बैंकको ३६औं वार्षिक साधारणसभामा बौल्दै ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै सेवा सुविधा अझ उत्कृष्ट बनाउदैं लैजाने बताएका हुन ।

ठुला र बलिया बैंकहरुले मात्रै दिगो वृद्धि हासिल गर्न सक्ने र नयाँ कार्यक्षेत्रमा व्यवसाय तथा लगानी विस्तार गरि सेवाग्राहीहरुलाई नविनतम प्रविधी तथा न्यून लागत मार्फत प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गर्ने अध्यक्ष पाँडेको भनाइ थियो ।

“केही वर्ष अगाडिसम्म २० प्रतिशतभन्दा माथि रहेको पूंजी प्रतिफल गत वर्ष ११ १२ प्रतिशतमा झरेको छ । यस्तो अवस्थामा पुँजीमा उचित प्रतिफलको लागि ठूलो आकार मा व्यापार विस्तारको विकल्प देखिदैन । प्रविधिमा आइरहेको व्यापक परिवर्तन तथा फिनटेक कम्पनीहरुको उदयसँगै परम्परागत बैंकिङ व्यवसायको भविष्य नै चुनौतीपूर्ण भएको छ । साथै दीर्घकालिन तथा अल्पकालिन समस्याहरु हल गर्नका लागि पनि विग मर्जर आवश्यकता रहेको छ । नेपाल राष्ट्र बैंकले पनि बैंकहरुको संख्या घटाउन विग मर्जर को नीतिलाई जोडतोडले अगाडि बढाइरहेको छ” अध्यक्ष पाँडेले भने ।

साथै, बैंकले हरेक नीति नियम तथा व्यवस्थाहरु कडाइका गरेका कारण बैंकहरुको भविश्यमै प्रश्न खडा भएको उनको भनाइ थियो । आफ्नो पूँजी, ग्राहक संख्या तथा शाखा संञ्जाललाई मजबूत बनाउन उपयुक्त बैंक तथा वित्तिय संस्थालाई गाभ्ने÷प्राप्ती गर्नका निम्ती मर्जर सम्बन्धी अध्ययन कार्य जारी राख्ने उनले बताए ।

मेगा बैंकसँग मर्ज गरी पारित गरेको बैंकले पुष २७ गते एकिकृत कारोबार सुरु बताएको छ । बैंकले राष्ट्रिय सम्पदाको संरक्षणका लागि पशुपति क्षेत्रको सरसफाइ अभियानका लागि ९० लाख प्रदान गरेको छ । साथै, बालिबालिकालाई ज्ञान प्रदान गर्न कमिक किताब प्रकाशित गर्ने ७ लाख रुपैयाँ खर्च गरेको छ । मेलम्चीमा बाढी प्रभावितका लागि समेत बैंकले ५ लाख रुपैयाँ खर्च गरेको जनाएको छ । अध्यक्ष पाँडेले आफुले नचाहिने खर्च कुनैमा पनि नगरेको सके सम्म २ रुपैयाँ भए पनि बचाउन खोजेको कुरा ब्यक्त गरेका थिए ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी भन्ने कुरा आफ्नो मनमा नै नभएको पाँडेले बताएका छन् । कम्पनी मर्जरमा गइ सकेको दुबै बैंक कर्मचारी आफ्ना भएको र बैंकमा कर्मचारी कटौति नगर्ने ब्यवस्थापन गरेर राख्न उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्