राष्ट्रिय वाणिज्य बैंकले १२.५ प्रतिशत लाभांश दिने, कहिले बोलायो साधारण सभा ? « Arthapath.com
७ पुष २०७९, बिहीबार

राष्ट्रिय वाणिज्य बैंकले १२.५ प्रतिशत लाभांश दिने, कहिले बोलायो साधारण सभा ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्ने बैंकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, दरबारमार्ग स्थित बैंकको सभा हलमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।

साथै बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरि पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने कार्य सूची समेत सभाको रहेको छ ।

सभा प्रयोजनका लागि बैंकले पुष १८ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १७ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्