शेयरधनीको हात खाली गरेको एनआइसी एशिया बैंकले पुष २९ गते साधारण सभा बोलायो « Arthapath.com
७ पुष २०७९, बिहीबार

शेयरधनीको हात खाली गरेको एनआइसी एशिया बैंकले पुष २९ गते साधारण सभा बोलायो



काठमाडौं । एनआइसी एसिया बैंकले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा आनन्द प्रा. लि (आरोग्य हल), तिलगंगा, काठमाडौंमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

बैंकले यो पटक पनि शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । बैंकको पुष ५ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको थियो ।

सभामा आर्थिक वर्ष २०७९।०८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि हुनेछ ।

सभा प्रयोजनका लागि बैंकले पुष १८ गतेदेखि पुष २९ गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ पुष १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्