कुमारी बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ? « Arthapath.com
७ पुष २०७९, बिहीबार

कुमारी बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी तिलक बज्र बज्राचार्यले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु सूचना प्रकाशित मिति (पुष ७ गते) ले ३५ दिन भित्रमा आवश्यक कागजात संकलन गरेर बैंकको रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, काठमाण्डौं टंगालमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्