लक्ष्मी बैंकको साधारण सभा २८ गते, के के छन् एजेण्डा ? « Arthapath.com
७ पुष २०७९, बिहीबार

लक्ष्मी बैंकको साधारण सभा २८ गते, के के छन् एजेण्डा ?



काठमाडौं । लक्ष्मी बैंकले वार्षिक साधारण सभा पुष २८ गतेका लागि बोलाएको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
बैंकले यस वर्ष शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छ । यस वर्ष शेयरधनीको हात रित्तो हुने भएको हो । कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

सभामा गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनका लागि बैंकले पुष १५ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १४ गतेसम्म शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्