वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले घटाए ब्याजदर « Arthapath.com
१ माघ २०७९, आईतवार

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले घटाए ब्याजदर



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ब्याजदर प्रकाशित गरेका छन् । वित्तीय कम्पनीहरुले माघ महिनामा लागू हुने ब्याजदर घटाएका हुन् ।

आजदेखि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएका छन् । माघ महिनाका लागि वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका हुन् ।

आजदेखि वाणिज्य बैंकहरुमा मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत कायम भएको । यसअघिको महिनामा भने बैंकहरुले १२.ज्ञ३३ प्रतिशत ब्याजदर तोकेका थिए ।

नेपाल बैंकर्स संघले माघ महिनामा ब्याजदर घटाउने निर्णय गरेको थियो । गत बुधवार सम्पन्न नेपाल बैंकर्स संघको विशेष साधारण सभामा उपस्थित बैंकरहरुले छलफल गरी ब्याजदर घटाउने निर्णय गरेका हुन् । संघका अनुसार माघ महिनामा ब्याजदर १.१३ प्रतिशतले घटाउने निर्णय भएको हो ।

माघ महिनामा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ११ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको ९ प्रतिशत र रेमिट्यान्समा १२ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

यस्तै, विकास बैंकहरुले पनि मुद्दति निक्षेपको ब्याजदरद घटाएका छन् । माघ महिनामा विकास बैंकहरुले मुद्दति निक्षेमा १२ प्रतिशत ब्याजदर कायम गरेका छन् । बैंकहरुले ०.८५ प्रतिशतले ब्याजदर घटाएका हुन् । त्यसैगरि माघ महिनामा लागू हुनेगरि अधिकांश फाइनान्स कम्पनीहरुको ब्याजदर पनि घटेको छ ।


प्रतिक्रिया दिनुहोस्