बिजेनश कम्पिटेशन: ग्लोबल आइएमई अगाडि, नबिललाई पच्छ्याउँदै इन्भेष्टमेन्ट र एनआईसी, अन्य कुनको कस्तो ? « Arthapath.com
८ फाल्गुन २०७९, सोमबार

बिजेनश कम्पिटेशन: ग्लोबल आइएमई अगाडि, नबिललाई पच्छ्याउँदै इन्भेष्टमेन्ट र एनआईसी, अन्य कुनको कस्तो ?



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४.४० प्रतिशतले बढेको छ ।

वाणिज्य बैंकहरुले माघ मसान्तसम्ममा कुल ४७ खर्ब ४१ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । जुन, गत असार महिनाको तुलनामा भने १ खर्ब ९९ अर्ब रुपैयाँले बढी हो ।

सो अवधिमा बैंकहरुको कर्जा प्रवाहमा पनि १ खर्ब १६ अर्ब रुपैयाँले वृद्धि भएको छ । सो अवधिमा बैंकहरुको कुल कर्जा लगानी २.७७ प्रतिशतले बढेर ४२ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल बैंकर्स सघले उलपब्ध गराएको तथ्याङ्क अनुसार माघ महिनासम्ममा एनआईसी एशिया बैंकको निक्षेप संकलन वृद्धि भएको छ । सो अवधिमा बैंकको निक्षेप १२ अर्ब ८१ करोड रुपैयाँ बढेको छ । एनआईसी एशिया कर्जा लगानीमा पनि अगाडि देखिएको छ । माघ महिनामा बैंकले थप १५ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको हो ।

यस्तै, सो अवधिमा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन भने १० अर्ब ७६ करोड रुपैयाँ बढेको छ । बैंकको कर्जा लगानी भने सुस्ताएको छ । माघ महिनामा बैंकले ५२ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेको तथ्याङ्कमा उल्लेख छ । माघ महिनामा एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंकसहित एक दर्जन बैंकको निक्षेप बढेको छ भने १० वटाको घटेको छ । यता, सो महिनामा १० वटा बैंको मात्रै कर्जा लगानीमा बढोत्तरी देखिएको छ ।

ग्लोबल आइएमई बैंक अगाडिः नबिललाई पच्छ्याउँदै इन्भेष्टमेन्ट, एनआईसी एशिया

ग्लोबल आइएमई बैंक निक्षेप संकलन र कर्जा लगानीमा शीर्षस्थानमा देखिएको छ । बैंक अफ काठमाण्डूसंग मर्ज भई देशकै सर्वाधिक ठुलो बनेको बैंकले माघ महिनामा ४ खर्ब १५ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संलकन गरेको छ । सो अवधिमा बैंकले ३ खर्ब ७८ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । माघमा मात्रै बैंकले करिब २ अर्ब थप निक्षेप संकलन गरेको छ भने १ अर्ब ३८ करोडले घटेको देखिएको छ ।

दोस्रो स्थानमा रहेको नबिल बैंकले भने माघ महिनासम्ममा कुल ३ खर्ब ६० अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । सो अवधिमा बैंकले कुल ३ खर्ब २३ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । नबिलले माघ महिनामा मात्रै थप ६ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन बढाएको छ । सो महिनामा बैंकको कर्जा लगानी भने १ अर्ब १४ करोड रुपैयाँ घटेको छ ।

यस्तै, माघ महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप संकलन भने ३ खर्ब ५१ अर्ब ८० करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकले ३ खर्ब २९ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । माघ महिनामा मात्रै बैंकको निक्षेप ५ अर्ब १८ करोड रुपैयाँले वृद्धि भएको हो ।

यता, एनआईसी एशिया बैंकको कुल निक्षेप संकलन ३ खर्ब २१ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । बैंकको कुल कर्जा लगानी भने २ खर्ब ८२ अर्ब १८ करोड रुपैयाँ रहेको छ । माघ महिनामा बैंकको निक्षेप संकलन १२ अर्ब ८१ करोड रुपैयाँ र कर्जा लगानी १५ अर्ब ५१ करोड रुपैयाँले वृद्धि भएको हो ।

नेपाल क्रेडिट एण्ड क्रमर्श (एनसीसी) बैंकसंग मर्जरमा गएको कुमारी बैंकले माघ महिनासम्ममा कुल ३ खर्ब ५ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । सो अवधिमा बैंकको कुल कर्जा लगानी भने २ खर्ब ३५ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । माघ महिनामा मात्रै बैंकको निक्षेप र कर्जा लगानी क्रमशः २ अर्ब ७७ करोड रुपैयाँ र २ अर्ब ७ करोड रुपैयाँ वृद्धि भएको हो ।

चार बैंकको निक्षेप २ खर्ब माथि, कर्जा प्रवाह कस्तो ?

माघ महिनासम्ममा चार वटा बाणिज्य बैंकको निक्षेप संकलन २ खर्ब माथि रहेको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन २ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकले कुल कर्जा लगानी २ खर्ब ३५ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । बैंकको माघ महिनामा मात्रै थप १० अर्ब ७६ करोड रुपैयाँ निक्षेप र ५३ करोड रुपैयाँ मात्र कर्जा लगानी बढेको हो ।

हालसालै मात्र सेञ्चुरी बैंकलाई प्राप्ति गरेको प्रभु बैंकको कुल निक्षेप संकलन २ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ र कुल कर्जा प्रवाह २ खर्ब ४९ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ । माघ महिनामा बैंकको निक्षेप र कर्जा लगानी क्रमशः ३ अर्ब ६२ करोड र २ अर्ब ५१ करोड रुपैयाँले घटेको छ ।

यस्तै, नेपाल बैंकको कुल निक्षेप २ खर्ब १८ अर्ब ८४ करोड र कर्जा लगानी १ खर्ब ७८ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । माघ महिनामा बैंकको निक्षेप र कर्जा लगानी क्रमशः ५ अर्ब १८ करोड रुपैयाँ र ३९ करोड रुपैयाँले बढेको हो । यता, सिद्धार्थ बैंकको कुल निक्षेप संकलन पनि २ खर्ब १२ अर्ब ३७ करोड रुपैयाँ र कर्जा लगानी १ खर्ब ८६ अर्ब २३ करोड रुपैयाँ कायम भएको छ । माघ महिनामा मात्रै २ खर्ब ११ करोड निक्षेप वृद्धि भएको छ भने कर्जा लगानी १ अर्ब ४७ करोड रुपैयाँले बढेको छ ।

अन्य कुनको कति ?

चालु आवको माघ महिनासम्म एनएमबि बैंकको निक्षेप १ खर्ब ९३ अर्ब, एभरेष्टको १ खर्ब ८१ अर्ब, हिमालयन १ खर्ब ७७ अर्ब, कृषि विकास बैंकको १ खर्ब ७५ अर्ब, प्राइमको १ खर्ब ६६ अर्ब, सानिमाको १ खर्ब ६१ अर्ब, सिटिजनको १ खर्ब ५८ अर्ब, माछापुच्छ«ेको १ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ । यी बैंकहरुको कुल कर्जा लगानी भने क्रमशः १ खर्ब ९१ अर्ब, १ खर्ब ६३ अर्ब, १ खर्ब ६४ अर्ब, १ खर्ब ७८ अर्ब, १ खर्ब ५८ अर्ब, १ खर्ब ४६ अर्र्ब, १ खर्ब ४२ अर्ब, १ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै, माघ महिनासम्ममा लक्ष्मी बैंकको कुल निक्षेप १ खर्ब ४८ अर्ब, सनराइज बैंकको १ खर्ब ३५ अर्ब, नेपाल एसबिआईको १ खर्ब ३४ अर्ब, स्टाण्डर्ड चार्टर्टडको १ खर्ब ९ अर्ब र सिभिल बैंकको ९३ अर्ब रुपैयाँ रहेको छ । सो अवधिमा यी बैंकहरुले क्रमशः १३६ अर्ब, १२२ अर्ब, ९३ अर्ब र ८७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्