सिटिजन्स बैंकका ग्राहकलाई ओरिएन्टक्याफे बारमा विशेष छुट « Arthapath.com
१० फाल्गुन २०७९, बुधबार

सिटिजन्स बैंकका ग्राहकलाई ओरिएन्टक्याफे बारमा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक र ओरिएन्ट क्याफेबार बीच समझदारी भएको छ ।

सिटिजन्स बैंक र ओरिएन्ट क्याफे बीच सिटिजन्स बैंकका कार्ड बाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षर पछि सिटिजन्स बैंकको कार्ड भएका ग्राहकहरुले ओरिएन्ट क्याफेमा १५ प्रतिशत सम्मको छुट पाउने भएका छन् । यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा रहेको छ ।

साथै, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्