कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले ज्योति क्यापिटलमा डिम्याट र मेरो सेयर खाता निःशुल्क खोल्न पाउने « Arthapath.com
२४ बैशाख २०८१, सोमबार

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले ज्योति क्यापिटलमा डिम्याट र मेरो सेयर खाता निःशुल्क खोल्न पाउने



काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ ।

सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी विद्यार्थीहरुलाई पनि शेयर बजार तर्फ आकर्षित गरी सम्पन्न बनाउन क्यापिटल उक्त योजना ल्याएको हो । योजना अवधिभर कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुले निःशुल्क डिम्याट र मेरो शेयर खोल्न पाउनेछन् ।

ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट https://demat.jbbl.com.np/Demataccount/registration मा क्लिक गरी खोल्न सकिनेछ ।

उक्त योजना आगामी मिति २०८१ वैशाख २६ गतेदेखि जेष्ठ २६ गतेसम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्