बैंक तथा वित्तीय संस्थाहरुले घटाए ब्याजदर, अब कसले कति दिने ? « Arthapath.com
३० चैत्र २०७९, बिहीबार

बैंक तथा वित्तीय संस्थाहरुले घटाए ब्याजदर, अब कसले कति दिने ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटेको छ । बिहीबार बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप ब्याजदर घटाएका हुन् । आगामी बैशाख १ गतेदेखि लागू हुनेगरि निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेका छन् ।

नयाँ ब्याजदर अनुसार अब वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा ९.९९ प्रतिशत तोकेछन् । बुधवार नेपाल बैंकर्स संघको बैठकले आगामी बैशाखमा ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंकहरुले सोही निर्णयानुसार ब्याजदर घटाएका हुन् ।

बैंकहरुले आगामी बैशाखका लागि मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतबाट घटाएर ९.९ प्रतिशतमा झारेका छन् । यस्तै अब संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत, बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशत ब्याज दिने भएका हुन् ।

यस्तै, आगामी बैशाखमा विकास बैंकहरुले पनि ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । बैशाखका लागि विकास बैंकहरुले १०.६० प्रतिशत ब्याजदर तोकेका छन् । तर, चैतमा भने बैंकहरुले १११.६० प्रतिशत ब्याज कायम गरेका थिए ।

यता, वाणिज्य बैंक र विकास बैंकहरुले ब्याजदर घटाएपछि फाइनान्स कम्पनीहरुले पनि कम गरेका छन् । आगामी बैशाखमा अधिकांश फाइनान्स कम्पनीहरुले ११.२५ प्रतिशत ब्याजदर दिने भएका छन् । तर, चैत महिनामा भने कम्पनीहरुले १२ प्रतिशत ब्याजदर कायम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्