निजी भन्दा सरकारी बैंक आक्रामक: आरविविको फड्को, नबिल झन् एग्रेसिभ, ग्लोबल र एनआईसीको पोजिशन कुन ? « Arthapath.com
१५ जेष्ठ २०८०, सोमबार

निजी भन्दा सरकारी बैंक आक्रामक: आरविविको फड्को, नबिल झन् एग्रेसिभ, ग्लोबल र एनआईसीको पोजिशन कुन ?



काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप ६.५९ प्रतिशतले वृद्धि भएको छ । १० महिनाको अवधिमा बैंकहरुको कुल निक्षेप संकलन ३ अर्बले बढेको हो ।

नेपाल बैंकर्स संघबाट प्राप्त तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९/८० को बैशाख महिनासम्ममा बैंकहरुको निक्षेप ४८ खर्ब ४० अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । जुन गत, असार मसान्तसम्मको तुलनामा भने २ खर्ब ९९ अर्ब १ करोड रुपैयाँले बढी हो । तर, गत असार मसान्तसम्ममा भने बैंकहरुसंग ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकहरुको कर्जा लगानी भने सामान्य बढेको बैंकर्स संघको तथ्याङ्कले देखाएको छ । गत असार मसान्तसम्म बैंकहरुले १ खर्ब ९८ अर्ब ६१ करोड रुपैयाँ कुल कर्जा लगानी गरेका थिए । तर, चालु आवको बैशाख मसान्तसम्मा आईपुग्दा भने सामान्य (२.९६ प्रतिशत) वृद्धि भएको छ । सो अविधमा बैंकहरुको कर्जा प्रवाह १ खर्ब २३ अर्ब ७७ करोड रुपैयाँले मात्रै बढेकोछ । बैशाख मसान्तसम्म बैंकहरुको कर्जा लगानी ४२ खर्ब ९८ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो ।

पछिल्लो समय बैंकहरुमा तरलता (लगानीयोग्य पुँजी) बढ्दै गएको छ । तर, कर्जाको माग भने निकै नै कम देखिएको छ। तथ्याङ्कले पनि निक्षेप र कर्जाको वृद्धिमा ठुलो अन्तर देखाउँछ । बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण कर्जाको माग नभएको हो । अहिले बजारमा बस्तु तथा सेवाको माग घटेको छ । उपभोक्ताहरुको क्रय शक्ति पनि घटेको छ । घरजग्गा व्यवसायमा पनि मन्दी आएको छ । त्यसमाथि बैंक कर्जाको ब्याजदर पनि उच्च छ । यो अवस्थामा बैंकबाट महंगो दरमा ऋण लिए व्यवसाय गर्ने, घरजग्गा किन्न सक्ने अवस्था छैन । यस्ता कारण पनि बैंकहरुमा कर्जाको माग नभएको बैंकरहरु बताउँछन् । अहिले कर्जाको ब्याजदर घट्दा पनि कर्जाको माग बढीको छैन । बैंकर्स संघको तथ्याङ्क अनुसार निजी बैंकहरु भन्दा सरकारी बैंक नै बिजनेश ग्रोथमा अगाडि देखिएका छन् ।

निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंकको फड्को, कर्जा लगानी पनि बढाउँदै

अन्य बैंकहरुको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन सबैभन्दा धेरै बढेको छ । चालु आवको १० महिनामा बैंकले ४७ अर्ब ४ करोड रुपैयाँ निक्षेप बढाएको हो । सरकारी स्वामित्वा रहेको यस बैंकले निक्षेप संकलनमा निजी बैंकहरुलाई पनि उछिनेको छ । बैशाख मसान्तसम्ममा बैंकको कुल निक्षेप ३ खर्ब ३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । तर, गत असार मसान्तसम्ममा बैंकसंग २ खर्ब ५६ अर्ब ६४ करोड रुपैयाँ निक्षेप थियो । राष्ट्रिय वाणिज्य बैंक कर्जा लगानी वृद्धि बढाउनेको पाँचौं स्थानमा छ । समिक्षा अवधिमा बैंकको कर्जा प्रवाह ९ अर्ब ५९ करोड रुपैयाँले वृद्धि भई २ खर्ब ३८ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । तर, गत असार मसान्तसम्ममा बैंकले २ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

नबिल झन् आक्रमक: ४४ खर्बले बढ्यो निक्षेप, कर्जा लगानीमा पनि साढे २५ अर्बको बढोत्तरी

अधिकांश सूचकहरुमा अब्बल कहलिदै आएको नबिल बैंक बिजनेशमा झ्न आक्रामक देखिएको छ । समिक्षा अवधिमा बैंकको निक्षेप र कर्जा लगानी दुवै सकरात्मक सुधार आएको छ ।

गत असार मसान्तसम्ममा ३ अर्ब असार मसान्तसम्ममा ३ खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ निक्षेप रहेको यस बैंकले १० महिनामा १३.४४ प्रतिशतले बढाएको हो । चालु आवको बैशाख मसान्तसम्मा बैंकको निक्षेप ४४ अर्ब ३२ करोड रुपैयाँले वृद्धि भई ३ खर्ब ७३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, बैंक कर्जा प्रवाहमा पनि खप्पिस देखिएको छ। सो अवधिमा बैंकको कर्जा लगानी २५ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा बैंकले खर्ब ९ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । तर, चालु आवको १० महिनामा भने यस्तो कर्जा बढेर ३ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

ग्लोबल आइएमईलाई नेपाल बैंकले उछिन्यो, ग्लोबलको कर्जा लगानी नै घट्यो

चुक्ता पुँजी लगायतका आधारमा बलियो मानिने ग्लोबल आइएमई बैंकलाई नेपाल बैंकले पछि पारेको छ । चालु आवको १० महिनाको तथ्याङ्कअनुसार निक्षेप र कर्जा लगानी वृद्धिमा ग्लोबल आइएमई लाई नेपाल बैंकले उछिनेको छ ।

समिक्षा अवधिमा नेपाल बैंकको निक्षेप संकलन ३५ अर्ब ६३ करोडले बढाएर २ खर्ब ३२ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा भने बैंकको निक्षेप १ खर्ब ९७ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।

यता, ग्लोबल आइएमई बैंकको निक्षेप संकलन २४ अर्ब २३ करोड रुपैयाँले बढेको छ । योसंगै बैशाख मसान्तसम्ममा बैंकसंग कुल निक्षेप ३ खर्ब ९७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । तर, बैंकको कर्जा लगानी भने घटेको छ । गत असार मसान्तसम्मको तुलनामा भने बैंकको कर्जा लगानी १ अर्ब १६ करोड रुपैयाँले घटेर ३ खर्ब ७७ अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ ।

कुमारी बैंक र सनराइजको कमजोर पर्फमेन्स

संचालनमा रहेका बैंकमध्ये कुमारी र सनराइज बैंकको कमजोर पर्फमेन्स देखिएको छ । बैंकको निक्षेप संकलन सबैभन्दा धेरै घटेको छ । गत असार मसान्तसम्ममा ३ खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ निपेक्ष संकलन गरेको थियो । तर, बैशाख मसान्तसम्म आउँदा बैंकबाट १२ अर्ब ६९ करोड रुपैयाँ निक्षेप गायब भएको छ ।

यस्तै, कुमारी बैंकको कर्जा प्रवाह पनि सुस्त छ । बैंकको कर्जा प्रवाह १० महिनामा ८४ करोड रुपैयाँले मात्रै बढेको हो । यस्तै, समिक्षा अवधिमा सनराइजको निक्षेप संकलन ७६ करोड रुपैयाँले मात्रै वृद्धि भई १ खर्ब ३४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । तर, बैंकको कर्जा लगानी भने घटेको छ । चालु आवको १० महिनामा बैंकको यस्तो लगानी ६३ करोडले घटेर १ खर्ब २३ अर्ब १४ करोड रुपैयाँ कायम भएको छ ।

एनएमबि र एभरेष्टबीच प्रतिस्पर्धा

निक्षेप र कर्जा लगानीका आधारमा एनएमबि बैंक र एभरेष्ट बैंकबीच कडा टक्कर देखिएको छ । निक्षेप वृद्धिमा एभरेष्ट अगाडि छ भने कर्जा प्रवाहमा एनएमबि अघि छ ।

समिक्षा अवधिमा एभरेष्ट बैंकको निक्षेप १४ अर्ब २० करोड रुपैयाँले वृद्धि भई १ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कर्जा लगानी पनि १० अर्ब १४ करोड रुपैयाँले बढेर कुल १ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । यता, एनएमबि बैंकको निक्षेप संकलन १० महिनामा १२ अर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कर्जा लगानी १० अर्ब ४७ करोड रुपैयाँले वृद्धि गरि १ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ ।

अन्य कुन बैंकको कस्तो निक्षेप र कर्जा लगानीको अवस्था ?

बैंकहरुको निक्षेप संकलनको अवस्था

स्रोत: नेपाल बैंकर्स संघ

बैंकहरुको कर्जा प्रवाहको अवस्था

स्रोत: नेपाल बैंकर्स संघ


प्रतिक्रिया दिनुहोस्