हामीले लिक्विटिटी बिर्सीसक्यौ, बैंकमा पैसा छ, कर्जाको माग भएनः पूर्व गभर्नर थापा « Arthapath.com
३२ जेष्ठ २०८०, बिहीबार

हामीले लिक्विटिटी बिर्सीसक्यौ, बैंकमा पैसा छ, कर्जाको माग भएनः पूर्व गभर्नर थापा



काठमाडौं । नेपाल राष्ट्र बैंक पूर्व गभर्नर गणेश बहादुर थापाले बजारमा लिक्विटिटी नभएको बताएका छन् । बैंकहरुमा लगानी योग्य पूँजी बढी रहेकोले लिक्विटिटी नभएको बताए ।

नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी “आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा पुर्व गभर्नर थापाले यस्तो बताएका हुन । ’बैंकमा पैसा छ । तर कर्जाको माग नै छ । हामीले लिक्ट्विटिटी बिर्सीसक्यौ’– उनले भने ।

आगामी मौद्रिक नितिमा कृषि, पर्यटन र उर्जा क्षेत्रलाई समेटेर ल्याउनु पर्ने उनको भनाइ थियो । आर्थिक मन्दी अबस्थामा नेपालको अर्थतन्त्रलाई चलायमान हुने गरि मौद्रिक निति लिनुपर्ने बताए ।

उनले अनावश्यक खर्च घटाउनु पर्ने र करको दरलाइ हेरविचार गरि उत्पादनलाई प्रोत्साहित हुने निति लिनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्