सिटिजन्स बैंकका ग्राहकहरूलाई वेबोर होम अप्लायन्समा २० प्रतिशत छुट « Arthapath.com
५ असार २०८०, मंगलवार

सिटिजन्स बैंकका ग्राहकहरूलाई वेबोर होम अप्लायन्समा २० प्रतिशत छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनकुने, काठमाडौंमा रहेको वेबोर होम अप्लायन्सबिच सम्झौता भएको छ। सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले वेबोर होम अप्लायन्स बीचमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै कम्पनीले जानकारी दिएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्