राष्ट्र बैंकका पाँच हाकिमको सरुवा, को कहाँ पुगे ? « Arthapath.com
१८ मंसिर २०८०, सोमबार

राष्ट्र बैंकका पाँच हाकिमको सरुवा, को कहाँ पुगे ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका पाँच उच्च पदस्थ कर्मचारीको सरुवा भएको छ । राष्ट्र बैंकले पाँच जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

राष्ट्र बैंकले विभिन्न विभागीय जिम्मेवारीमा रहेका प्रमुखहरुको सरुवा गरेको हो । राष्ट्र बैंकका अनुसार भुक्तानी प्रणाली विभागमा डा. गुणाकर भट्ट, गुरु पौडेल नियमन तथा सुपरिवेक्षण समूहमा गुरु प्रसाद पौडेलको सरुवा भएको छ । यसअघि गुरु पौडेलले भुक्तानी प्रणालीको जिम्मेवारी पाएका थिए । उनको ठाउमा भने अहिले डा. गुणाकर भट्टलाई ल्याइएको छ । यसअघि डा. भट्टले बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

यस्तै, रामु पौडेल वित्त व्यवस्थापन विभागमा पुगेको छ । यसअघि उनले विदेशी विनिमय विभागको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

यता, तुलसी घिमिरे विदेशी विनिमय व्यस्थापन विभाग र मुकुन्द क्षेत्री मानव संसाधन व्यवस्थापन विभागमा सरुवा भएको छ । क्षेत्री यसअघि वित्त व्यवस्थापन प्रमुखको जिम्मेवारीमा थिए ।


प्रतिक्रिया दिनुहोस्