बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रियो, व्यवस्थापन गर्न आजै १० अर्ब खिच्दै राष्ट्र बैंक « Arthapath.com
२० मंसिर २०८०, बुधबार

बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रियो, व्यवस्थापन गर्न आजै १० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडौं । आज ( मंसिर २० गते ) पनि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले सो बराबरको रकम खिच्ने भएको हो । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलनमार्फत १० अर्ब रुपैयाँ तान्न लागेको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले ७ दिनका लागि उक्त निक्षेप उपकरण प्रयोग गर्न लागेको हो । बोलकबोल मार्फत नै ब्याजदर निर्धारण हुनेछ ।

सावा तथा ब्याज भुक्तानी आगामी मंसिर २७ गते हुने छ । बोल गर्न सकिने रकम भने घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरि कुल आव्हान रकमसम्म रहेको छ ।


प्रतिक्रिया दिनुहोस्