बैंकर संघकाे कार्यसमितिमा ५ सिइओ निर्वाचित

भरतपुर । नेपाल बैंकर संघमा पाँचजना सदस्य निर्वाचित गरेकाे छ । शनिबार भरतपुरकाे साैराहमा भएकाे ३७ औँ साधारणसभाले संघमा रिक्त रहेका पाँचजना सदस्यनिर्वाचित गरेकाे हाे ।
नवनियुक्त सदस्यहरूमा अशाेक शेरचन सिइओ प्रभु बैंक, शुन्दरप्रसाद कणेँल सिईओ सिद्धार्थ बैंक, किरण कुमार श्रेष्ठ सिइओ आरबिबि, संजिव मानन्धर सिइओ प्राइम बैंक र निश्चलराज पाण्डे सिइओ सानिमा बैंक रहेका छन् ।
संघकाे सभाले नयाँ कार्यसमिति चयन गरेकाे अध्यक्ष शुनिल केसीले बताए । सभा भरतपुरमा चलिरहेकाे छ ।