तीन महिनादेखि लगातार घट्यो बैङ्कहरूको ब्याजदर, माघ महिनाका लागि कसले कति तोके ?

काठमाडौँ । बैङ्कहरूले ब्याजदर घटाएका छन् । आगामी माघ महिनाका लागि बैङ्कहरूले घटाएका हुन् । पुस महिनाको तुलनामा बैङ्कहरूले ब्याजदर घटाएका छन् । माघ बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.८२ प्रतिशत घटाएका हुन् । पुसमा भने यस्तो ब्याजदर ९.९९ प्रतिशत रहेको थियो ।
बैङ्कहरूले गत कात्तिकदेखि नै लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । विशेष गरी बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ । तर, कर्जा प्रवाह भने करिब ठप्प छ, जसका कारण पनि बैङ्कहरूको ब्याजदर घट्दै आएको छ ।
माघ महिनामा सिटिजन बैङ्कमा पैसा राख्दा धेरै ब्याज पाइने देखिएको छ । बैङ्कले माघमा व्यक्तिगत तर्फ ९.१५ प्रतिशत र संस्थागत तर्फ ६.६ प्रतिशत ब्याज दिने भएको हो । पुसमा पनि बैङ्कले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपतर्फ क्रमशः ९.३५ प्रतिशत र ६.६ प्रतिशत ब्याजदर दिएको थियो ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआइएमबि) ले पनि माघ महिनाका लागि व्यक्तिगत तर्फ ८.६० प्रतिशत र संस्थागत तर्फ ६.६ प्रतिशत ब्याज दिन भएको छ ।
यस्तै, नबिल बैङ्क, ग्लोबल आइएमई , सिद्धार्थ र प्राइम कमर्सियल बैङ्कले पनि माघ महिनाका लागि व्यक्तिगत तर्फ ८.१ प्रतिशत र संस्थागत तर्फ ६.१ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् ।
यता, कुमारी बैङ्कले पनि व्यक्तिगत मुद्दती तर्फ ८.११ प्रतिशत र संस्थागत तर्फ ६.११ प्रतिशत ब्याजदर दिने भएको हो । माघमा सानिमा र हिमालयन बैङ्कले व्यक्तिगत तर्फ ८.१५ प्रतिशत र संस्थागत तर्फ ६.१५ प्रतिशत ब्याज दिने भएका छन् ।
त्यसैगरि नेपाल बैङ्क, एभरेष्ट, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैङ्कले पनि समान ब्याजदर अर्थात् व्यक्तिगत तर्फ ८ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याजदर कायम गरेका छन् । प्रभु बैङ्क र एनआईसी एशिया बैङ्कले पनि माघ महिनामा समान ब्याजदर व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ८.०६५ प्रतिशत र ६.०६५ प्रतिशत कायम गरेका छन् ।
यता, राष्ट्रिय वाणिज्य बैङ्क व्यक्तिगत तर्फ ८.०७ प्रतिशत र संस्थागत तर्फ ६.०७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगत तर्फ ८.०७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत, कृषि विकासले व्यक्तिगत तर्फ ७.२६ प्रतिशत र संस्थागत ५.७६ प्रतिशत, एनएमबि बैङ्कले व्यक्तिगत तर्फ ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशत र नेपाल एसबिआई बैङ्कले व्यक्तिगत तर्फ ८.१५ प्रतिशत र संस्थागत तर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।