चार संगठनको एउटै स्वर: ‘बैंकिङ्ग क्षेत्रमा भइरहेको धरपकड नरोकिए ठुलो चुनौति आउछ, आतंकित नबनाइयोस्’ « Arthapath.com
१६ असार २०८२, सोमबार

चार संगठनको एउटै स्वर: ‘बैंकिङ्ग क्षेत्रमा भइरहेको धरपकड नरोकिए ठुलो चुनौति आउछ, आतंकित नबनाइयोस्’



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ्ग क्षेत्रमा हुने धरपकड र पक्राउले आतंकित बनेको जनाएको छन् ।

बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालप बैंकसं सघं, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले धरपकड र पक्राउले बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको बताएका छन् ।

मंगलबार प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)ले एकै दिन एक दर्जन बैंक कर्मचार पक्राउ गरेपछि संयुक्त रुपमा संघहरु निन्दा गरेका हुन् । धरपकड र पक्राउले बैंकिङ्ग क्षेत्रका कर्मचारीहरुको मनोबल समेत खस्किने भएकाले राज्य सम्वन्धित निकायहरु गम्भिर हुन संघहरुले आग्रह गरेका छन् ।

कर्जा लगानीका सम्बन्धमा नियमकिय निर्देशनको परिधिभित्र रहि आ आफ्नो कर्जा नीति तथा कार्यविधि भित्र बसी बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले गरेको काम कारवाहीलाई नै आधारमानी हुने घडपकड नरोकिएमा ठूलो चुनौती आउन सक्ने उनीहररुको भनाई छ ।

यस्तो चारै वटा संघले जारी गरेको विज्ञप्ति

Press-Release-February-28


प्रतिक्रिया दिनुहोस्