आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सम्झौता, सत्तरी प्रतिशतसम्म सवारी कर्जा दिने
काठमाडौँ । आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी फाइनान्सिङ्गका लागि साझेदारी भएको छ ।
यस सम्झौतासँगै, ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिङ्स सुविधा प्राप्त गर्न सक्नेछन् ।
सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एसएमइ प्रमुख नबिन्द्र के.सी. र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारी बिच हस्ताक्षर भएको हो ।
यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक–केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न सहज र पहुँच योग्य फाइनान्सिगको सुविधा उपलब्ध भएको छ ।
आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदीले रिलायन्स फाइनान्ससँगको यो साझेदारीबाट ग्राहकहरूलाई बढी फाइनान्सिग सुविधाहरू गर्ने तथा यसबाट अशोक लेल्याण्डको बजार वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।
रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले आइएमई मोटर्ससँग मिलेर उत्कृष्ट फाइनान्सिग सेवाहरू मार्फत ग्राहकहरूको आवश्यकतालाई पुरा गर्न तत्पर रहेको बताए ।