प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभू महालक्ष्मी लाइफको पच्चिस लाख सहयोग « Arthapath.com
२१ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभू महालक्ष्मी लाइफको पच्चिस लाख सहयोग



काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पच्चिस लाख सहयोग गरेका छ ।

प्रभु ग्रुपका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देवी प्रकाश भट्टचनको उपस्थितिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचन र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार पच्चिस लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरुको राहत र उद्दारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए ।

चेक हस्तान्तरण कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संचालक बिरेन्द्र जंग पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेको उपस्थिति रहेको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले यस अघि पनि नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९, चोपाटार घर भई हाल ललितपुर महानगरपालिका वडा न. २५ अस्थायी बसोबास गर्ने ३७ वर्षीय चनिकलाल तामाङलाई सम्मान गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्