प्रधानन्याधिश चोलेन्द्र शमसेरकी छोरीले तिरिनन् लालीगुराँस सहकारीको ऋण, घरजग्गा लिलामी गर्ने चेतावनी « Arthapath.com
२४ भाद्र २०७९, शुक्रबार

प्रधानन्याधिश चोलेन्द्र शमसेरकी छोरीले तिरिनन् लालीगुराँस सहकारीको ऋण, घरजग्गा लिलामी गर्ने चेतावनी



काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले ऋण लिएर नतिर्ने सृष्टि राणा रावललाई २१ दिने अल्टिमेट दिएको छ ।

रावह निलम्बित प्रधानन्यायधिश चोलेन्द्र शमसेर जबराकी छोरी हुन् । उनलाई २१ दिनभित्र ऋण तिर्न सहकारी सूचना जारी गरेको छ ।

रावलले लालीगुराँस सहकारीबाट ब्यापारीक कर्जा लिएकी थिइन् । तर, कर्जाको सावाँ, ब्याज र अन्य दस्तुर नतिरेको र पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत वेवास्ता गरेपछि सार्वजनिक सूचनामार्फत आग्रह गरिएको संस्थाले जनाएको छ ।

तोकिएको समयभित्र कर्जा नतिरेमा धितो लिलामीको प्रक्रिया अघि बढाइने संस्थाले चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्