शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत वर्षका लागि लाभांश घोषणा गरेको छ । बैंकले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश घोषणा गरेको हो ।
जसमध्ये ३ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश रहेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ ।