मञ्जुश्री फाईनान्सको १५औं वार्षिक साधारण सभा सम्पन्न « Arthapath.com
२९ पुष २०७९, शुक्रबार

मञ्जुश्री फाईनान्सको १५औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँबानेश्वरमा आज सम्पन्न भएको हो ।

साधारण सभाद्वारा आर्थिक वर्ष २०७८÷०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८÷०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित पारित गरेको छ ।

केन्द्रिय कार्यालय सहित २७ शाखाहरु रहेको फाइनान्सको २०७९ साल मंङ्गसिर मसान्त सम्म १ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको फाईनान्सले १२.४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ११.५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, अनलाईन खाता र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्