४०.७२ प्रतिशतले घट्यो गुडविल फाइनान्सको नाफा, कस्ता छन् अन्य सूचकहरु ? « Arthapath.com
९ माघ २०७९, सोमबार

४०.७२ प्रतिशतले घट्यो गुडविल फाइनान्सको नाफा, कस्ता छन् अन्य सूचकहरु ?



काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले साढे ४ करोड बढी नाफा कमाएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको छ चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ४ करोड ६९ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ४०.७२ प्रतिशतले कमी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ७ करोड ९१ लाख ९१ हजार रुपैयाँ नाफा गरेको थियो ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १५.२० प्रतिशतले वृद्धि भई २५ करोड ५२ लाख ७१ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीको कुल संचालन आम्दानी २६ करोड ६ लाख १२ हजार, संचालन मुनाफा ६क रोड ६५ लाख ७१ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको वितरण योग्य नाफामा भने १० करोड ५२ लाख ९५ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । सो अवधिमा कम्पनीको कुल निक्षेप संकलन ११ अर्ब ६१ करोड ७४ लाख ५५ हजार रुपैयाँ र कर्जा प्रवाह ९ अर्ब ४० करोड १९ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने ५५ करोड ८३ लाख ६९ हजारज रुपैयाँ राखेको छ । सो अवधिमा कम्पनीको खराब कर्जा भने ३.७४ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ८५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्