श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नगद लाभांश सेयरधनीको खातामा « Arthapath.com
२६ माघ २०७९, बिहीबार

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नगद लाभांश सेयरधनीको खातामा



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको हो ।

कम्पनीले गत पुष २९ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाबाट पारित गरेको कर समेत ५.२० प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको हो । पुष १८ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै माघ ५ गतेदेखिनै नगद लाभांश वितरण गर्न शुरु गरेको हो ।

कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूको नगद लाभांश बैंक खाता अद्यावधिक पछि मात्र वितरण हुने पनि बताएको छ ।


प्रतिक्रिया दिनुहोस्