समृद्धि फाइनान्सद्धारा चण्डेश्वरी जात्राको अवसरमा खानेपानी वितरण « Arthapath.com
२४ बैशाख २०८०, आईतवार

समृद्धि फाइनान्सद्धारा चण्डेश्वरी जात्राको अवसरमा खानेपानी वितरण



काठमाडौं । समृद्धि फाइनान्सले बैसाख २३ गते चण्डेश्वरी जात्राको अवसरमा बनेपा शाखा कार्यालयबाट जात्रामा उपस्थित सम्पूर्ण भक्तजन तथा आगन्तुकहरुलाई स्वागत गर्नुका साथै बनेपा स्थित तिनधारामा पेय जल तथा जूस बितरण गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरुका साथै बचत खातामा ९ प्रतिशतसम्मको उच्चतम ब्याजदर समेत प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्