बेष्ट फाइनान्सको २६औ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २६औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले आ.ब.२०७८/०७९ को संचालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरण पारित गरेको हो ।
आ.व.२०७९/०८० का लागि वाह्य लेखापरिक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ । हाल संस्थाको १८ वटा शाखा कार्यालयहरुबाट बैकिङ्ग सेवा संचालन गरिरहेको तथा आगामी वर्षमा थप शाखा विस्तार गर्दै लैजाने योजना रहेको छ ।
वित्तीय संस्थाको आफनो ग्राहकवर्गलाई डिजिटल बेकिङ्ग, सिआस्वा सेवा, अनलाई मार्फत खाता खोल्ने सुविधा लगायत अन्य थप बैकिङ्ग विस्तार गर्दै लैजाने योजना रहेको बताइएको छ ।