श्रीजनशील लघुवित्तले बोलायो वार्षिक साधारण सभा, सेयरधनीको हात रित्तो « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

श्रीजनशील लघुवित्तले बोलायो वार्षिक साधारण सभा, सेयरधनीको हात रित्तो



काठमाडौं । श्रीजनशील लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा असार १५ गतेका लागि बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय गोलबजार, ७ सिराहामा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि संस्थाले असार ४ गते बुक क्लोज गर्ने भएको हुदाँ असार ३ गतेसम्म कायमसेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । श्रीजनशील र मानुषी लघुवित्त एक आपसमा मर्ज हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस्