राष्ट्र बैंकले दियो धौलागिरी र खप्तड लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृति « Arthapath.com
३२ जेष्ठ २०८०, बिहीबार

राष्ट्र बैंकले दियो धौलागिरी र खप्तड लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले धौलागिरी र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । गत वैशाख १६ गते वार्षिक साधारण सभामार्फत पारित गरिसकेका हुन् ।

यी दुई कम्पनीबीच गत मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति लिई कम्पनीहरूले एकीकृत कारोबारको मिति तय गर्नेछन् ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाटै एकीकृत कारोबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस्