आरएसडीसी लघुवित्तको नाफा ३० प्रतिशत बढ्यो, कस्तो वित्तीय अवस्था ? « Arthapath.com
३ बैशाख २०८१, सोमबार

आरएसडीसी लघुवित्तको नाफा ३० प्रतिशत बढ्यो, कस्तो वित्तीय अवस्था ?



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने कम्पनी पहिलो बनेको छ । समिक्षा अवधिमा कम्पनीले ११ करोड २१ लाख २१ हजार रुपैयाँ बढी खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३०.३४ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले ८ करोड ६० लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

तर, कम्पनीको खुद ब्याज आम्दानी भने दोहोरो अंकले घटेको छ । समिक्षा अवधिमा १३.४८ प्रतिशत घटेर १८ करोड ५१ लाख रुपैयाँ कायम भएको छ। समिक्षा अवधिमा कम्पनीको संचालन नाफामा पनि ३०.३० प्रतिशत बढेर १६ करोड १ लाख २८ हजार रुपैयाँ कायम भएको छ। कम्पनीको वितरणयोग्य नाफा पनि ८ करोड ६१ लाख ८३ हजार रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल संचालन आम्दानी पनि १६.०३ प्रतिशत घटेर १९ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ९४ करोड ४३ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोष २३ करोड ३१ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) भने २ रुपैयाँ ६४ पैसा बढेर १५ रुपैयाँ १७ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ ६९ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्