यी पाँच लघुवित्तको सेयर किन्दा पाइनेछ लाभांश, कसको बोनस र नगद कति ?
काठमाडौं । लाभांश घोषणा गरेका मध्ये ५ वटा लघुवित्त कम्पनीहरुले अझै बुक क्लोज तोकेका छैनन् ।
गत आर्थिक वर्षको मुनाफाबाट नेशनल लघुवित्त, सर्पोट, फरवार्ड माइक्रोफाइनान्स, आरएसडी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गरेका छन् । तर, पनि हालसम्म यी पाँचै वटा कम्पनीहरुले बुक क्लोज गरेका छैनन् । यी कम्पनीहरुको सेयर खरिद गर्दा लाभांश प्राप्त गर्न सकिने छ ।
यो वर्ष नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १४.२५ बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
यस्तै, सर्पोट लघुवित्तले १३.७७ प्रतिशत बोनस सेयर र ०.७२५ प्रतिशत नगद, फरवार्डले १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद, आरएसडीसीले ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद, र फर्स्ट माइक्रोफाइनान्सले पनि ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद लाभांश दिने भएका हुन् ।