धुलिखेल अस्पतालमा कोरोना संक्रमितको पुरुषको मुत्यु « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

धुलिखेल अस्पतालमा कोरोना संक्रमितको पुरुषको मुत्यु



काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट एक जना वृद्धको ज्यान गएको छ ।


काभ्रेको धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार क्रममा मुत्यु भएको छ ।

गत साउन २७ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।


काठमाडौंको नयाँबानेश्वरमा बस्ने ति पुरुषमा पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए । र कोरोना परीक्षण गर्दा २७ गते पोजेटिभ रिपोर्ट
आएको अस्पतालले बताएको छ ।


यससँगै धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुग्यो ।


प्रतिक्रिया दिनुहोस्