कोरोना बीमा भुक्तानी धमाधम हुँदै, २६ सय जनाले पाए २४ सय जनाको तिहारअघि « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

कोरोना बीमा भुक्तानी धमाधम हुँदै, २६ सय जनाले पाए २४ सय जनाको तिहारअघि



काठमाडौं । कोरोना सङ्क्रमितलाई भुक्तान गर्नुपर्ने बीमाङ्क रकम तत्काल उपलब्ध गराउन सरकारले निर्देशन दिएपछि बीमा रकम धमाधम भुक्तानी दिन थालिएको छ ।

सरकारको निर्देशनपछि सरकारी वा निजी जुनसुकै प्रयोगशालाको रिपोर्टका आधारमा तोकिएको बीमाको रकम उपलब्ध गराउन थालिएको बीमक सङ्घका महासचिव चङ्की क्षेत्रीले जानकारी दिए ।

हालसम्म २ हजार ६ सय जनालाई बीमा रकम उपलब्ध गराइसकिएको छ भने तिहारअघि करिब २ हजार ४ सय बीमितको रकम भुक्तानी गरिसकिने संघले जनाएको छ । रकमको आधारमा हेर्दा करिब १७ करोड रुपियाँ भुक्तानी भइसकेको छ ।

बीमा कम्पनीहरूले बीमाको प्रिमियमबापत करिब १ अर्ब रुपियाँ सङ्कलन गरेको बीमक सङ्घले जनाएको छ । कोरोना बीमा गरेकामध्ये करिब १५ हजार सङ्क्रमितको बीमा दाबी भुक्तानीको निवेदन बीमा पुलमा पुगेको हो । तीमध्ये करिब तीन हजारले उपलब्ध गराएको कागजपत्रको अध्ययन भइसकेको संघले जनाएको छ । पुलमा आइपुगेका बीमा दाबी भुक्तानीका कागजात हेर्दा करिब १६ वटा दाबी भने दोहोरो बीमा गरिएको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस्