कृषि विकास बैंकले पहिलो त्रैमासमा कमायो ४६ करोड, नाफा घटेपनि जगोडा कोषमा ११ अर्ब १६ करोड « Arthapath.com
२८ कार्तिक २०७७, शुक्रबार

कृषि विकास बैंकले पहिलो त्रैमासमा कमायो ४६ करोड, नाफा घटेपनि जगोडा कोषमा ११ अर्ब १६ करोड



काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको त्रैमासमा ४६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष यस अवधिमा बैंकले ५९ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत बर्षको यस अवधिको तुलनमा बैकले २२.९६ प्रतिशतले गिरावट आएको हो । त्यस्तै, बैंकको पहिलो त्रैमासमा बैंकको खुद नाफा पहिलो त्रैमासमा १ अर्ब ३६ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा झण्डै ३० करोड रुपैयाँले कम हो ।

बैंकको निक्षेप संकलन १ खर्ब ४३ अर्ब ६३ करोड रुपैयाँबाट घटेर १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँमा झरेको छ भने कर्जा लगानी १ खर्ब २१ अर्ब ९४ करोड रुपैयाँबाट बढेर १ खर्ब २३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

बैंकको अन्य सञ्चालन आम्दानी ६ करोड ९८ लाख रुपैयाँबाट बढेर २२ करोड १८ लाख रुपैयाँ पुगेको छ । पहिलो त्रैमासमा बैंकले ६१ करोड १८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा यस्तो नाफा ८२ करोड ८० लाख थियो । बैंकको सञ्चालन खर्च १८ करोड ४४ लाख रुपैयाँबाट बढेर २५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । बैंकको इम्पेरिमेन्ट चार्ज २५ करोड ३ लाख रुपैयाँबाट बढेर ३१ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

हाल १४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब १६ करोड रुपैयाँ छ । नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६६ पैसाबाट घटेर १५ रुपैयाँ ९० पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात २७.७ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्