प्रभु इस्योरेन्सको खुद नाफा ५ करोड ६३ लाख, बिमा शुल्क २२ करोड २९ लाख « Arthapath.com
२ मंसिर २०७७, मंगलवार

प्रभु इस्योरेन्सको खुद नाफा ५ करोड ६३ लाख, बिमा शुल्क २२ करोड २९ लाख



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा प्रभु इस्योरेन्सको नाफा बढेर ५ करोड ६३ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । गत बआर्थिक बर्षको सोहि अवधिमा कम्पनीले नाफा ४ करोड १० लाख ३८ हजार रुपैयाँ आर्जन गरेको थियो । गत बर्षभन्दा यस बर्ष कम्पनीले ३७.३४ प्रतिशत बढि नाफा आर्जन गरेको हो ।

कम्पनीको खुद बिमा शुल्क २२ करोड २९ लाख ४ हजार रुपैयाँ पुगेको छ । गत बर्ष सोही अवधिमा कम्पनीले १६ करोड ९८ लाख ९१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । गत बर्षभन्दा यस बर्ष ३१.२० प्रतिशत ले बढि खुद बिमा शुल्क आर्जन गरेको हो ।

कम्पनीको गत आर्थिक बर्षको यस अवधिमा बिमा कोषमा ५८ करोड ६१ लाख ९७ हजार रुपैयाँ रहेकोमा यस वर्ष सोही अवधिमा ७० करोड ५७ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, इस्योरेन्सले कुल ९ करोड ३९ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । यसअवधिमा भुक्तानी हुन बाँकी रकम १३ करोड ३३ लाख ६ हजार रुपैयाँ छ । पहिलो त्रैमाससम्म आइपुग्दा इन्सुरेन्सको प्रतिसेयर आम्दानी ५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्