राष्ट्रिय बीमा कम्पनीको नाफा ५ करोड, प्रतिशेयर आम्दानी ७७.७० रुपैयाँ « Arthapath.com
२ मंसिर २०७७, मंगलवार

राष्ट्रिय बीमा कम्पनीको नाफा ५ करोड, प्रतिशेयर आम्दानी ७७.७० रुपैयाँ



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आवको पहिलो त्रैमासमा नाफा ५ करोड १७ लाख गरेको छ । कोरोनाको कारण गत बर्षको तुलनामा बीमा कम्पनीको नाफा १५ प्रतिशतले घटेको छ । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासामा ५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधीमा ६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २५ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले खुद बीमा शुल्क ५ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा खुद बीमाशुल्क आर्जन ८ करोड रुपैयाँ गरेको थियो । त्यस्तै, कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ९९ करोड रुपैयाँ र बीमा कोषमा २ अर्ब २७ करोड रुपैयाँ सञ्चित सार्वजनिक विवरणमा उल्लेख गरेको छ ।

कम्पनीले यस अवधिमा ४ सय १५ बीमा दाबी बापत १ करोड ४१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ १ हजार २ सय २२ रुपैयाँ ९६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्