महासंघका नव निर्वाचित पदाधिकारीले लिए सपथ, जब ढकालले लगाएको माला प्रधानलाई लगाए
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले शपथ ग्रहण गराएकी छन् ।
शुरुमा निवर्तमान अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्ष एवम् अहिलेको कार्यकालका अध्यक्ष शेखर गोल्छालाई सपथ ग्रहण गराएकी छिन् । त्यसपश्चात गोल्छाले वरिष्ठ उपाध्यक्ष ढकालसहित अन्य पदाधिकारी एवम् सदस्यहरुलाई सपथ गराएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट चन्द्र प्रसद ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । ढकालले किशोर प्रधानलाई पारजित गर्दै महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन ।
तर, सपथ ग्रहण कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र प्रसाद ढकाल निर्वाचित भएको घोषणा गरियो त्यसैबेला ढकाललेरोष्टमबाट ओर्लिएर खुसि हुँदै बरिष्ठ उपाध्यक्ष पदका उमेद्धार किशोर प्रधानलाई लगाएका हुन् । निर्वाचन समितिका अनुसार ढकालले ५४.२६ मत ल्याएर जित हासिल गरेका हुन् । उनका प्रत्यासी प्रधानले ४५.७४ प्रतिशत मत मात्र ल्याए ।
विजयी भएका ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५२२ मत ल्याएका छन् भने प्रधानले ३७५ मत ल्याएका छन् । यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत ल्याए भने प्रधानले ३९ मत ल्याएका छन् । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ५२ मत ढकाल र ५३ मत प्रधानले प्राप्त गरेका छन् । यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्ष बन्ने छन् ।
महासंघको प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले सबै निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।