विजय लघुवित्त नाफा ६ करोड ८४ लाख रुपैयाँ, ईपीएस घट्दा अन्य सूचक कस्ता छन् ? « Arthapath.com
२३ माघ २०७८, आईतवार

विजय लघुवित्त नाफा ६ करोड ८४ लाख रुपैयाँ, ईपीएस घट्दा अन्य सूचक कस्ता छन् ?



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६.११ प्रतिशत घटेर ६ करोड ८४ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ७ करोड २९ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनमा लघुवित्तको खुद ब्याज आम्दानी २३.२२ प्रतिशत बढेर १९ करोड १५ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थक बर्षको सोही अवधिमा लघुवित्तले १५ करोड ५४ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा १२.३८ प्रतिशत बढेर ९ करोड ६१ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ८ करोड ५५ लाख ५८ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी २०.०३ प्रतिशत बढेर ३२ करोड रुपैयाँ, जगेडा कोष ४९.७२ प्रतिशत बढेर १९ करोड २४ लाख २४ हजार रुपैयाँ, निक्षेप १५.९४ प्रतिशत बढेर १ अर्ब ३ करोड ५५ लाख ९० हजार रुपैयाँ, कर्जा १२.९६ प्रतिशत बढेर ४ अर्ब ५९ करोड ८४ लाख ५० हजार रुपैयाँ र सापटि रकम ८.१५ प्रतिशत बढेर ३ अर्ब १० करोड ५७ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९१ पैसा घटेर ४२ रुपैयाँ ७९ पैसामा सिमित भएको छ , गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ७० पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.०१ गुणा रहेको छ । लघुवित्तको तरलता अनुपात ४.१ प्रतिशत, खराब कर्जा ४.६३ प्रतिशत र कस्ट अफ फण्ड ८.३४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्