शुक्रबार पनि शेयर बजार खोल्ने नेप्सेको निर्णय « Arthapath.com
२६ बैशाख २०७९, सोमबार

शुक्रबार पनि शेयर बजार खोल्ने नेप्सेको निर्णय



काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड (नेप्से) ले आगामी जेठ १ गतेदेखि शुक्रबार समेत सेयर कारोबार संचालन हुने निर्णय गरेको छ । नेप्सेका अनुसार नेपाल स्टक एक्सचेन्जको बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रवारसम्म शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेप्से सञ्चालक समितिले सरकारले जेठ १ गतेदेखि नै साताको दुई दिन शनिवार र आइतबार विदा दिने निर्णय भएको उल्लेख गर्दै सोहीअनुसार सेयर बजारमा कारोबारका दिनमा पनि फेरबदल भएको जानकारी दिएको छ ।

नेप्सेले सञ्चालक समितिबाट शुक्रबार समेत बजार खुल्ने निर्णय भएको उल्लेख गर्दै सोहीअनुसार गर्न गराउन ब्रोकर, लगानीकर्ता र सरोकारवालालाई आग्रह समेत गरेको छ ।

अब सोमबार देखि शुक्रबारसम्म शेयर बजार खुला रहने छ


प्रतिक्रिया दिनुहोस्