वाणिज्य बैङ्कहरूको निक्षेप एक दिनमै २९ अर्बले बढ्यो: कर्जा प्रवाह पनि वृद्धि, सिडी रेसियो कति ? « Arthapath.com
४ कार्तिक २०७९, शुक्रबार

वाणिज्य बैङ्कहरूको निक्षेप एक दिनमै २९ अर्बले बढ्यो: कर्जा प्रवाह पनि वृद्धि, सिडी रेसियो कति ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन एक दिनमै ४१ अर्ब रुपैयाँले वृद्धि भएको हो ।

असोज ३० गते आइतबार ५१ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । तर, भोलिपल्ट अर्थात असोज ३१ गते बढेर ५१ खर्ब ७० अर्ब रुपैयाँ संकलन भएको थियो ।

उक्त अवधिमा वाणिज्य बैंकहरुको पनि निक्षेप वृद्धि भएको छ । उक्त अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २९ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । असोज ३१ गते बैंकहरुले ४५ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ४७ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोज ३१ गते ४७ खर्ब २२ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह एक दिनमै ३५ अर्बले वृद्धि भएको हो ।

यस्तै, वाणिज्य बैंकहरुले कर्जा प्रवाह पनि वृद्धि भएको छ । बैंकहरुले एकदिनै ३२ अर्ब रुपैयाँले बढी कर्जा प्रवाह गरेका हुन् । असोज ३० गते ४१ खर्ब ८२ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह असोज ३१ गते ४२ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार बैंकहरुको औसत सीडी रेसियो ८६.९१ प्रतिशतमा झरेको छ । असोज ३१ मा भने बैंकहरुको सीडी रेसियो ८६.९७ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्