एक सातामै थपियो वाणिज्य बैंकमा २३ अर्ब निक्षेप: कर्जा प्रवाह स्थिर, सीडी रेसियो कति ? « Arthapath.com
३ पुष २०७९, आईतवार

एक सातामै थपियो वाणिज्य बैंकमा २३ अर्ब निक्षेप: कर्जा प्रवाह स्थिर, सीडी रेसियो कति ?



काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप संकलन वृद्धि भएको छ । पछिल्लो एक साताको अवधिमा बैंकहरुको निक्षेप २३ अर्ब ३१ करोड रुपैयाँले वृद्धि भएको हो ।

नेपाल बैंकर्स सघंको तथ्याङ्क अनुसार मंसिर २३ गते ४५ खर्ब ९८ अर्ब रुपैयाँ रहेको निक्षेप मंसिर मसान्तसम्म आईपुग्दा भने ४६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

सो अवधिमा कर्जा प्रवाह भने स्थिर देखिएको छ । मंसिर २३ गते ४२ खर्ब २४ अर्ब रहेको बैंकहरुको कर्जा प्रवाह मंसिर २९ गते पनि सोही कायम भएको थियो । सो अवधिमा सीडी रेसियो भने ८६.४० प्रतिशत रहेको छ ।

बैंकर्स संघका अनुसार मंसिर महिनाको अवधिमा भने २५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको हो । कात्तिक मसान्तसम्ममा ४५ खर्ब ६३ अर्ब रहेको निक्षेप मंसिर पहिलो सातामा भने घटेर ४५ खर्ब ५८ अर्ब रुपैयाँ कायम भएको थियो । मंसिर दोस्रो साता पुनः वृद्धि भई ४५ खर्ब ६२ अर्ब, तेस्रो सातामा ४५ खर्ब ७३ अर्ब र चौंथो सातामा ४५ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको थियो ।

कात्तिक मसान्तसम्मको तुलनामा भने बैंकहरुको कर्जा प्रवाह झिनो वृद्धि भएको छ । कात्तिक मसान्तसम्म २ खर्ब २२ रहेको बैंकहरुको कर्जा प्रवाह मंसिर मसान्तसम्म २ अर्बले मात्र वृद्धि भएको हो । मंसिर पहिलो हप्तामा बैंकहरुको कर्जा प्रवाह ४२ खर्ब १९ अर्ब , दोस्रो हप्ता ४२ खर्ब २२ अर्ब रुपैयाँ पुगेको थियो । यस्तै, तेस्रो सातामा ४२ खर्ब २३ अर्ब, चौंथो सातामा भने ४२ खर्ब २४ अर्ब रुपैयाँ कायम भएको थियो ।


प्रतिक्रिया दिनुहोस्