राष्ट्र बैंकले संशोधन गर्यो विप्रेषण कारोबारका लागि इजाजत लिने व्यवस्था, नयाँ के-के थपियो ? « Arthapath.com
१० पुष २०७९, आईतवार

राष्ट्र बैंकले संशोधन गर्यो विप्रेषण कारोबारका लागि इजाजत लिने व्यवस्था, नयाँ के-के थपियो ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) कारोबारका लागि इजाजत लिन थप व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले विप्रेषण कारोबार गर्न इजाजत लिन चाहने फर्म, कम्पनी वा संस्थाका लागि आवश्यक विनियमावलीहरुमा संशोधन गरेको हो ।

राष्ट्र बैंकले विप्रेषण विनियमावली–२०६७, लाई संशोधन गरेको हो । संशोधनपछि विप्रेषणको कारोबारका लागि इजाजत लिन चाहने फर्म, कम्पनी वा संस्थाले प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभुमी देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ ।

यस्तै, राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली–२०७७ लाई संशोधन गरेको छ। मनिचेञ्जर इजाजतका लागि निवेदन दिँदा विनियम ४ को उपविनियम ३ मा बुँदा ‘ट’ थपेको । ‘ट’ बुँदामा प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभुमी देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरि राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजत तथा निरीक्षण विनियमावली–२०७७ लाई संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो । कम्पनीले विदेशी कारोबार गर्नका लागि फर्म, कम्पनी वा संस्थालाई इजाजतपत्र लिने बेलामा निवेदन दिँदा प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभुमि देखिएको भए सजाय भोगेको ५ वर्ष पुरा गरेको प्रमाण पेश गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्